कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश ५ मा एकैदिन २ सय ५ संक्रमित निको भए

अमृता अनमोल

बुटवल — प्रदेश ५ मा आइतबार एकैदिन २ सय ५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेहरुको संख्या ६ हजार ६ सय ८८ पुगेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

प्रदेश ५ मा आइतबार थप ७० जनामा कोरोना पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ९ हजार १ सय ५५ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार रुपन्देहीमा २३, बाँकेमा २६, रुकुमपूर्व ८, पाल्पा ४, नवलपरासी पश्चिम ३, बर्दिया र दाड.मा २, कपिलवस्तु र अर्घाखाँचीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये २ हजार ३ सय ३९ जना उपचाररत छन् । तीमध्ये २ सय ३८ जना लक्षणसहितका बिरामी हुन् । संक्रमितमध्ये ६ सय ३६ जना होम आइसोलेसनमा छन् । कोरोनाका कारण अहिलेसम्म प्रदेशमा ५६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : आश्विन ४, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?