सेप्टिक ट्यांकमा बालक मृत फेला

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा आइतबार एक बालक सेप्टिक ट्यांकभित्र मृत अवस्थामा फेला परेका छन् । 

जिल्लाको सिद्धार्थनगर नगरपालीका १०, दोदगहरी बस्ने १० वर्षीय सुगम कुर्मी आइतबार बिहान ३ बजे छिमेकीको निर्माणाधीन सेप्टिक ट्यांकभित्र पानीमा डुबेको अवस्थामा फेला परेका थिए ।

घरबाट बालक हराएपछि आफन्तले खोज्ने क्रममा घरदेखि झण्डै ३ सय मिटर पश्चिममा रहेको श्रवण लोनियाको घरमा निर्माणाधिन सेप्टिक ट्यांकभित्र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनका अनुसार बालकको शव पोस्टमार्टमपश्चात आफन्तलाई जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : आश्विन ४, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?