कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

परासीमा समाजवादीको प्रदर्शन

नवीन पौडेल

परासी — संविधान संशोधनमार्फत मधेसी जनताको अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ । संविधानले मधेसी समुदायको हकअधिकार सुनिश्चित नगरेको भन्दै समाजवादी पाटीका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले असोज ३ गतेलाई 'कालो दिवस' को संज्ञा दिएका छन् । 

परासीमा समाजवादीको प्रदर्शन

परासीको हाटबजारबाट शनिबार निकालेको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालयको गेट हुँदै बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।

संविधानमा सबै बर्ग र क्षेत्रको प्रतिनिधित्व र अपनत्व हुनुपर्ने भन्दै तत्काल संविधान संसोधन गरेर मधेदी दलको माग सम्बोधन गनुपर्ने जनता समाजवादीका जिल्ला अध्यक्ष मण्डलका एक धरेन्द्र यादवले बताए । कोणसभामा बोल्ने नेता कार्यकर्ताले हातमा कालोपट्टी बाँध्दै संविधान संशोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने र संविधान खारेज गर्न बाध्य बनाउने चेतावनी दिएका थिए ।

प्रकाशित : आश्विन ३, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?