२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बाँकेमा २१ प्रहरीसहित ६० जना संक्रमणमुक्त 

रुपा गहतराज

बाँके — शुक्रबार बाँकेबाट २१ प्रहरीसहित  ६० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । 

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयका २१ जना प्रहरीसहित शुक्रबार डिस्चार्ज हुनेहरुमा जिल्लाका विभिन्न स्थानका १९ महिला र ४१ पुरुष गरी ६० जना रहेका छन् । श्रेष्ठका अनुसार उनीहरुलाई भदौ १८ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ९२ पुगेको छ ।

आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जनासमेत गरी ३ सय ३८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ४६ रहेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

प्रकाशित : आश्विन २, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?