३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग पहिरोले शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका आर्यभन्ज्याङनजिकै बिहान ५ बजे पहिरो खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले पहिरो ठूलो भएकाले अवरुद्ध सडक खुलाउन सडक डिभिजनसँग समन्वय भइरहेको बताए । सडक थुनिँदा स्याङ्जा, पोखराबाट बुटवलतर्फ जाने र बुटवलबाट पोखरातर्फ जाने सवारीसाधन रोकिएका छन् ।

प्रकाशित : आश्विन २, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?