१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाँकेमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा ४५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका –१ का ४५ वर्षीय कोरोना संक्रमितको बिहीबार अपरान्ह ५:१५ बजे मृत्यु भएको हो ।

बाँकेमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

फोक्सोमा नियोनिया रहेका उनको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते मेडिकल कलेज नेपालगन्जमा भर्ना भएका उनको भोलिपल्ट पीसीआर जाँच गरिएको थियो । भदौ ३१ गते ती पुरुषलाई कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि ती पुरुषलाई ३१ गते राति ११:४५ बजे भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

प्रकाशित : आश्विन १, २०७७ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?