रुपन्देहीमा सालकसहित ५ जना पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा संकटापन्न वन्यजन्तु सालकसहित ५ जना पक्राउ परेका छन् । मंगलबार दिउँसो साढे ३ बजे विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालीका–५ नेपालगन्ज रोडबाट दुर्लभ वन्यजन्तु सालक र ५ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा सालकसहित ५ जना पक्राउ

पक्राउ पर्नेमा सिराहा जिल्लाको सिराहा नगरपालिका–७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा ३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाही जिल्लाको हरिओम गाउँपालिका–१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर जिल्ला गाईघाट नगरपालिका–१ की ३५ वर्षीया नेत्रमाया राना रहेका छन् ।

पक्राउ परेका उनीहरुलाई वन्यजन्तु कसुर सम्बन्धी कारबाहीका लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जनाए ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?