प्रदेश ५ का २ सय ४९ जनामा लक्षणसहितको कोरोना

बुटवल/तिलोत्तमा — प्रदेश ५ मा लक्षणसहितका कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।  तीमध्ये २ सय २२ जना कोरोना विशेष अस्पतालमा उपचाररत छन् ।

प्रदेश ५ का २ सय ४९ जनामा लक्षणसहितको कोरोना

जटिल समस्या भएका २२ जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलले बताए । कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ ।

मंगलबार ९७ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४४ पुगेको छ । संक्रमित मध्ये २ हजार १ सय ७९ जना उपचाररत छन् ।

प्रदेशमा मंगलबार थप १ सय ३१ कोरोना मुक्त भएका छन् । यससँगै प्रदेशमा अहिलेसम्म ६ हजार २ सय २८ जना संक्रमीत कोरोनाबाट मुक्त भएका छन् ।

यसैबीच, रुपन्देहीमा २६ महिला र ३२ पुरुष गरेर पछिल्लो २४ घण्टामा ५८ नयाँ संक्रमित थपिएका छन् । कूल १ हजार ८ सय २१ संक्रमित रहेको जिल्लामा कोरोनाबाट ८ सय ३९ जना निको भएका छन् ।

मंगलबार जिल्लामा बुटवल उपमहानगरपालिकाका ३०, सिद्धार्थनगरका ८, कन्चन गाउँपालिकाका ६, रोहिणीका ११ र देवदहका ३ रहेका छन् ।

हाल जिल्लामा ९ सय ६२ संक्रमित उपचाररत रहेका छन् भने १५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?