कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बाँकेमा एक हजार ७८ जना कोरोनामुक्त

रुपा गहतराज

बाँके — बाँकेबाट मंगलबार ४२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको छ ।

बाँकेमा एक हजार ७८ जना कोरोनामुक्त

दैनिक निको भएर फर्किने क्रम बढेसँगै आइसोलेसनमा बस्ने सक्रमितको संख्या घट्दै गएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार डिस्चार्ज हुनेहरुमा भेरी अस्पतालका एक डाक्टर, एक पत्रकार, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ प्रहरी, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआईसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारीलगायत ४२ जना रहेका छन् । जसमा १८ महिला २४ जना पुरुष रहेका छन् ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन सेन्टरमा अन्य जिल्लाका ३ जना समेत गरी ३ सय ८६ जना संक्रमित उपचाररत छन् ।

बाँकेमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय ६९ रहेको छ भने भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाले मृत्यु भएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?