कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रादेशिक अस्पतालले २५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबारदेखि २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले २५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने

अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पीसीआर परीक्षण गर्ने जनाएको छ ।

त्यसैगरी बिरामी र उच्च जोखिममा परेकाका लागि नि:शुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिने अस्पतालका मेसु राजेन्द्र खनालले बताए ।

यसअघि अस्पतालले पहिलो पटक ५ हजार ५ रुपैयाँमा परीक्षण भएको थियो भने पछिल्लो समय ४ हजार ४ सय रहेको छ ।

प्रकाशित : भाद्र २८, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?