जातीय विभेद गर्नेलाई तीन महिना जेल

वीरेन्द्र केसी

गुल्मी — जातीय विभेदको मुद्दामा गुल्मी जिल्ला अदालतले एक व्यक्तिलाई तीन महिना जेल सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले कालीगण्डकी गाउँपालिका–५ फोक्सिङका नेत्रबहादुर काउछा मगरलाई तीन महिना जेलमा राख्न आदेश दिएको हो । 

जातीय विभेद गर्नेलाई तीन महिना जेल

जेठ २३ गते मलामी गएर फर्कंदै गर्दा पानी परेपछि मगरको घरमा ओत लागेका स्थानीय श्याम परियारलाई मगरले घर ‘बिटुलो’ पारिदिएको भन्दै दुर्व्यवहार गरेका थिए । उनले छिमेकी बोलाएर परियारलाई कुटपिटसमेत गरेका थिए ।

मगरले घर चोख्याउनुपर्ने भन्दै परियारलाई १५ सय रुपैयाँ जरिवानासमेत तिर्न लगाएका थिए । जातीय छुवाछुत गरेकोमा मगरलाई ३ महिना कैद, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने गरी फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए ।

प्रकाशित : भाद्र २६, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?