कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्यूठानमा शुक्रबारदेखि निषेधाज्ञा हट्ने

गिरुप्रसाद भण्डारी

प्यूठान — कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुई सातादेखि प्यूठानमा लागू गरिएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा बिहीबार दिउँसो बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।


कोभिड नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । सार्वजनिक यातायातलाई जोर बिजोर लागू गर्ने, जिल्लाभित्र भेला सम्मेलन गोष्ठी गर्न नपाइने र बाँकी नेपाल सरकारको नीति निर्देशन पूर्णरुपमा पालना गर्ने गरी निषेधाज्ञा हटाउने निर्णय भएको भुसालले बताए ।

प्रकाशित : भाद्र २५, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?