पाल्पामा ३० जना कोरोना संक्रमित थपिए

माधव अर्याल

पाल्पा — परीक्षणको दायरा फराकिलो बनाएपछि पाल्पामा ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बुटवलमा ५९ जनाको स्वाब परीक्षण गर्दा २९ जना र बुटवलमा एक जना गरी बिहीबार
३० जनामा कोरोना पुष्टि भएको हो ।

पाल्पामा ३० जना कोरोना संक्रमित थपिए


तानसेन नगरपालिकाका १६, पाल्पा अस्पतालबाट पठाएको ३ र रम्भा गाउँपालिकाका ९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । तानसेनको बतासेडाँडा, भुषालडाँडा, मेहल्धारा, कैलाशनगर, प्रभास, बर्तुङ, बृन्दावन, तेल्घा, बन्दीपोखरा, बौघापोखराथोकबाट लिइएका स्वाबबाट १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तानसेनमा संक्रमित हुनेहरूमा १४ पुरूष र ३ महिला रहेका छन् । तानसेन नगरपालिकाको चार जना जनप्रतिनिधि पनि संक्रमण भएका छन् ।

पाल्पा अस्पतालबाट तीन जना बिरामीको स्वाब पठाएकामा सबैमा कोरोना भाइरस पुष्टि भएको छ । तीन जना तानसेन, रम्भा र रिब्दीकोटका रहेको सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । तानसेनका संक्रमितहरूमध्ये नौ जनाको ट्राभल हिस्ट्री छ भने बाँकी आठ जना ट्राभल हिस्टी नभएका जनप्रतिनिधि, व्यापारी, घरमै बसेकाहरु हुन् ।

कोरोना संक्रमणबाट भदौ १२ गते मृत्यु भएकी तानसेन–८, पिपलडाँडाकी ३० वर्षीया महिलाका श्रीमानमा पनि कोरोना देखिएको छ । रम्भा गाउँपालिकाका पिपलडाँडा, हुमिन र ताँहुमा ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पाल्पा अस्पतालमा यसअघि ८२ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएपछि चार दिनयता ओपीडी सेवा बन्द छ ।

त्यस्तै तानसेन–८ मा क्वारेन्टाइनमा भागेका र भारतबाट पूर्वखोला आउँदै गर्दा बुटवलमा लिएको स्वाब परीक्षणमा एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ४० पुगेको छ । कोरोना संक्रमणबाट पाल्पामा तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र २५, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?