रुपन्देहीमा सोमबार ४१ जना कोरोना संक्रमित थपिए

अमृता अनमोल

बुटवल — रुपन्देहीमा सोमबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा ३५ जना पुरुष र ६ जना महिला छन् । यससँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय २९ जना पुगेको रुपन्देही स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए ।

रुपन्देहीमा सोमबार ४१ जना कोरोना संक्रमित थपिए

जिल्लामा हाल ६ सय ६२ जना संक्रमित उपचाररत छन् । जिल्लाका ६ सय ५३ जना भने कोरोनामुक्त भएका छन् । कोरोना संक्रमितमध्ये अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् ।

सोमबार थपिने संक्रमितमा सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकाका १८ जना र ओमसतियाका १६ जना छन् । बुटवल उपमहानगरपालिकाका ४ जना, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकाका १/१ जना संक्रमित छन् ।

प्रकाशित : भाद्र २२, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?