३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दाङमा थपिए ३७ संक्रमित

दुर्गालाल केसी

दाङ — जिल्लामा शनिबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार ४ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १९ पुरुष र १८ महिलामा संक्रमण पुष्टि भएको हो ।

दाङमा थपिए ३७ संक्रमित

तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट संकलन गरिएका १ सय ४३ जनाको स्वाब परीक्षण गर्दा १९ र घोराहीका १ सय ९८ जनाको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । तुलसीपुरमा संक्रमित हुनेमा ९ पुरुष र १० जना महिला छन् ।

यसैगरी घोराहीमा १० पुरुष र ८ महिलामा संक्रमण देखिएको छ । जिल्लामा शनिबार साँझसम्म संक्रमितको संख्या ८ सय ३८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?