२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कर्णाली नदीमा बेपत्ता तीन जनामध्ये एककाे शव फेला

कमल पन्थी

बर्दिया — बिहीबार दिउँसो कर्णाली नदीको भँगालो गेरुवा नदीमा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । काठ, दाउरा संकलन गर्न जाँदा गेरुवा नदीले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी गर्दा एकजना शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार बगेकामध्ये गेरुवा गाउँपालिका—४ का १४ वर्षीय भरत कडायतको गुप्तीपुर भन्ने ठाउँमा शव शुक्रबार फेला परेको बताए । अन्य दुई जनाको खोजी कार्यमा प्रहरी बिहानैदेखि परिचालित भएको सहाय प्रहरी उपरीषक राउतले जनाए ।

गेरुवा गाउँपालिका—४ का ४० वर्षीय बलबहादुर रोकाया, १४ वर्षीय पवि रोकाया र १४ वर्षीय भरत कडायत गेरुवा नदीले बगाउँदा बेपत्ता भएका थिए ।

प्रकाशित : भाद्र १९, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?