जुवा खेलेको आरोपमा तुलसीपुरमा १३ जना पक्राउ- प्रदेश ५ - कान्तिपुर समाचार

जुवा खेलेको आरोपमा तुलसीपुरमा १३ जना पक्राउ

दुर्गालाल केसी

दाङ — जुवा खेलेको अभियोगमा तुलसीपुरमा १३ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका १४ पननपुरस्थित निमबहादुर केसीको घरमा बुधबार राति जुवा खेलिरहेको अवस्थामा ६३ हजार ८ सय ४० रुपैयाँ नगद र ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी सुमित खड्काले बताए ।

पक्राउ पर्नेमा तुलसीपुर १४ का ५ र तुलसीपुर १५ का १ जना छन् ।

यसैगरी तुलसीपुर ९ का ७ जना पक्राउ परेको डिएस्पी खड्काले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको थुनामा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र १८, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्

कैलालीमा शनिबारदेखि निषेधाज्ञा खुकुलो बनाइने

मोहन बुढाऐर

धनगढी — कोभिड–१९को महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्तसम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिन लागिएको बताए ।

उनका अनुसार सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । तर ५० प्रतिशत यात्रु मात्रैंबोक्न पाउने छन् । जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी भिडभाड नगरी व्यापार/व्यवसाय खोल्न पाउने छन् । बिहान ५ देखि ७ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न सकिने छ । होटल रेस्टुरेन्टहरुले होमडेलीभरि मात्रै गर्न पाउने प्रमुख जिल्ला अधिकारी बोहोराले बताए । उनका अनुसार सेवाग्राहीको बढी भिडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादनबाहेक सेवा बन्द नै हुने छन् । अन्य सरकारी कार्यालयहरुले आधा कर्मचारी राखेरमात्रै कार्य सम्पादन गर्नु पर्ने छ ।

बैंक बित्तीय संस्थाहरुले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउने छन् । र सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।

यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटिपार्लर, सैलुन लगायतका सेवाहरु साथै बन्द नै रहने छन् । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७७ १५:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×