कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विपन्नलाई खाद्यान्न सहयोग गर्न बुटवलमा ‘फुड बैंक’

अमृता अनमोल

बुटवल — कोरोना महामारीका कारण भोकै परेका व्यक्तिलाई खाद्यान्न सहयोग गर्न बुटवलमा ‘फुड बैंक’ सञ्चालन भएको छ । सबैभन्दा धेरै विपन्न, सुकुम्बासी र मजदुरहरू बस्ने बुटवल–११ देवीनगरलाई लक्षित गरी ‘हामी सक्छौं’ अभियानले सोमबारदेखि ‘फुड बैंक’ सञ्चालनमा ल्याएको हो ।

विपन्नलाई खाद्यान्न सहयोग गर्न बुटवलमा ‘फुड बैंक’

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्दै सञ्चालित अभियानअन्तर्गत हुनेले खाद्यान्न सहयोग गर्ने र नहुनेले लैजाने गरेको संयोजक शिव डुम्रेले बताए । टोल समितिहरूको सिफारिसमा प्रतिपरिवार तीन किलो चामल, एक किलो दाल, एक किलो चिउरा र एक–एक पोका नुन, तेल, सोयाबिन, चाउचाउ एवं केही हरियो तरकारी दिने गरिएको छ ।

यस्तै कोरोना रोकथामका लागि प्रतिपरिवार सदस्यअनुसार एक–एकवटा मास्क् र स्यानिटाइजरसमेत उपलब्ध गराइएको छ । सोमबार सुरु भएको अभियानमा पहिलो दिन २५ परिवारले खाद्यान्न लगेका छन् । त्यसका लागि ६ जनाले सहयोग गरेका थिए । मंगलबारका लागि १० दाताले सहयोग गर्ने जनाएका छन् । ‘स्थानीय प्रशासनले साँझ ४ देखि ६ बजेसम्मको समय दिएको छ । हामी सामाजिक दुरीसहित जम्मा हुने र माग भएका क्षेत्रमा बाँड्ने काम जारी राख्नेछौं,’ डुम्रेले भने । स्थानीय तहको समन्वयमा विपन्न धेरै भएको स्थान छनोट गरी ‘फुड बैंक’लाई घुम्ती सेवाका रूपमा सञ्चालन गरिने उनले बताए ।

यसअघि कपिलवस्तुमा पनि मधेस मानवअधिकार गृहले ’फुड बैंक’ सञ्चालन गरेको छ । यसमा हुनेले दिने र नहुनेले लैजाने गरेको अध्यक्ष रवि ठाकुरले बताए ।

प्रकाशित : भाद्र १६, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?