२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिजुवारमा जिल्लास्तरीय आइसोलेसन केन्द्र सञ्चालन

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका–४ बिजुवारस्थित निर्माणाधीन जेष्ठ नागरिक भवनमा कोरोना पोजिटिभ पुष्टि भएका बिरामी राख्न जिल्ला स्तरीय आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

बिजुवारमा जिल्लास्तरीय आइसोलेसन केन्द्र सञ्चालन

५० शय्याको आइसोलेसन केन्द्रका लागि मापदण्ड अनुसारका आवश्यक सबै सरसामान पूरा भएपछि आइतबार उद्घाटन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । अब जिल्लामा लक्षणसहितका कोरोनाका बिरामी भेटिएमा बिरामीलाई आइसोलेसन केन्द्रमा राखेर उपचार गरिने भुसालले जानकारी दिए । आइसोलेसन सञ्चालन गर्न आवश्यक सरसामानको लागि जिल्लाका ९ वटै स्थानीय तहले आर्थिक सहयोग गरेको प्यूठान नगरपालिकाका नगरप्रमुख तथा आइसोलेसन केन्द्र व्यवस्थापन समितिका सदस्य अर्जुनकुमार कक्षपतिले बताए ।

यसअघि प्यूठान नगरपालिका–४ टारीस्थित सिएमए तालिम केन्द्रमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने योजना अगाडि बढेपनि पूरा हुन सकेको थिएन । ५० शय्या सञ्चालन गर्न भवन साघुरो भएपछि जेष्ठ नागरिक भवनमा सारिएको हो । आइसोलेसन केन्द्रको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिइएको प्रजिअ भुसालले बताए । एम्बुलेन्स, शववहान र स्वास्थ्यकर्मीसहितको जनशक्तिको समेत व्यवस्थापन भएपछि आइसोलेसन केन्द्र सञ्चालमा ल्याइएको भुसालले बताए ।

जिल्लामा ४ सय ४८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये सक्रिय संक्रमित ५९ जना छन् । १ जना कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको र ३ सय ८८ संक्रमित निको भएर घर गएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार जिल्लाबाट कोरोना परीक्षणको लागि स्वाब पठाइएकामध्ये ४ सय १० जनाको अझै परीक्षण रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : भाद्र १५, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?