कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा लकडाउन भदौ २० सम्म

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा लकडाउनको समय थप भएको छ । जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्रको आइतबारको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्षसहित भदौ २० गतेसम्म बढाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

रुपन्देहीमा लकडाउन भदौ २० सम्म

‘छिमेकी जिल्लामा पनि निषेधाज्ञा जारी छ त्यसैले यहाँ पनि पुन : लकडाउन थप गर्ने निर्णय भयो,’ उनले भने, यसपटक थप कडाई हुनेछ ।’

अहिले थपिएको लकडाउन रुपन्देहीका सबै पालिकामा लागू हुने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सम्पन्न बैठकमा बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखसहितको बैठकले उक्त निर्णय गरिएको हो । लकडाउनमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक कुनै पनि साधन सन्चालन, पसल खोल्न तथा हिँड्डुल गर्न पाइनेछैन ।

प्रकाशित : भाद्र १४, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?