कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रदेश ५ मा शुक्रबार थपिए ७२ जना कोरोना संक्रमित

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ मा शुक्रबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका ५ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

प्रदेश ५ मा शुक्रबार थपिए ७२ जना कोरोना संक्रमित

थप हुनेमा रुपन्देहीका ५२ जना, बाँकेका १५ जना, कपिलवस्तु र नवलपरासीका १ / १ जना र रोल्पाका ३ रहेका छन् । अहिलेसम्म प्रदेशमा रहेका ६ हजार १ सय १ जना संक्रमितमध्ये ४ हजार ७ सय ३ जना निको भएर घर फर्किएका छन् भने १ हजार २ सय ९७ जना आइसोलेसनमा छन् ।

थपिएका नयाँ संक्रमितमा ३३ जना महिला संक्रमित छन् भने ३९ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा रहेका कोरोना विशेष अस्पतालमा सामान्य कक्षमा उपचाररत संत्रमित संख्या १ सय ४ रहेको छ । त्यस्तै आईसियूमा १४ जना छन् भने अन्य २ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रकाशित : भाद्र १२, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?