भेरी अस्पतालका थप दुई चिकित्सकमा कोरोना

ठाकुरसिंह थारु

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जका थप दुई चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ । बिहीबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । अस्पतालका फिजिसियन डा. रजनी केसी शाह र हाडजोर्नी विशेषज्ञ डा.राहुल मिश्रमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । उच्च ज्वरो आएपछि उनीहरुको परीक्षण गरिएको थियो ।

भेरी अस्पतालका थप दुई चिकित्सकमा कोरोना

यसअघि कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुको उपचारमा संलग्न भेरी अस्पताल नेपालगन्जका दुई जना फिजिसीयनमा कोरोना संक्रमण देखिएको थियो । अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा मेडिक विभाग प्रमुख फिजिसीयन डा. राज पाण्डे र कोरोना फोकल पर्सन डा. संकेतकुमार रिसाललाई कोरोना संक्रमण देखिएको हो । उक्त अस्पताललाई कोरोना अस्पतालको रुपमा बिस्तार गरिँदै छ । संक्रमित चिकित्सकलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

चार जना चिकित्सकमा कोरोना देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । उक्त अस्पतालमा नौ जना फिजिसीयन कार्यरत छन् । आइसोलेसनमा रहेका उनीहरुको स्वास्थ्य अवस्था समान्य छ ।

प्रकाशित : भाद्र ११, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?