२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

छोटुको उपचारका लागि सहयोग जुट्दै

माधव ढुंगाना

भैरहवा — छोराको उपचारका लागि अस्पतालको खर्च धान्न नसकेर समस्यामा परेको आर्थिक विपन्न एक परिवारलाई मारवाडी युवा मञ्च भैरहवाले आर्थिक सहयोग गरेको छ ।

छोटुको उपचारका लागि सहयोग जुट्दै

तीन महिनादेखि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेका नवलपरासीको रामग्राम नगरपालिका १७, देवगाउ फूलभरियाका १६ वर्षीय छोटु साहानीको उपचारका लागि मञ्चले आर्थिक सहयोग जुटाएर रकम उपलब्ध गराएको हो ।

संस्थाले संकलन गरेर जुटाएको ५१ हजार १ सय रुपैयाँ बुधबार अस्पतालमा पुगेर छोटुको आमा रमावती साहनीलाई मारवाडी युवा मञ्च भैरहवाका अध्यक्ष मनोज कुमार अग्रवालले हस्तान्तरण गरेका थिए ।

छोटु साहनीको उपचार र उनको पारिवारिक आर्थिक अवस्थाका वारेमा एक साता अघि इकान्तिपुरले समाचार प्रकाशन गरेको थियो ।

अस्पतालबाट छोटुको डिस्चार्ज नहुँदासम्म बिरामी कुरुवा गर्ने २ जनालाई बुधबारदेखि नि:शुल्क खानपिनको व्यवस्था समेत मञ्चले मिलाएको अध्यक्ष अग्रवालले बताए । मञ्चको समन्वयमा अस्पताल बाहिरको एक होटलबाट बिहान बेलुका दुई जनालाई खानापिनको व्यवस्था मिलाइएको हो ।

छोटुको उपचार र उनको परिवारको आर्थिक सहयोगका लागि भैरहवामा अन्य विभिन्न सहयोगी र संघसंस्था जुट्न थालेका छन् । भैरहवामा ‘छोटु सहानी बचाउ अभियान’ नै सञ्चालन गरिएको छ ।

सम्बन्धित समाचारः

तीन महिनादेखि अस्पतालमा छट्पटाउँदै

प्रकाशित : भाद्र १०, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?