२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पश्चिम नवलपरासीमा चिकित्सकसहित २९ जनामा कोरोना संक्रमण

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा जिल्ला पृथ्वीचन्द्र अस्पतालका चार जना स्वास्थ्यकर्मीसहित २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूकाे स्वाब परीक्षण गरिएको हो ।

पश्चिम नवलपरासीमा चिकित्सकसहित २९ जनामा कोरोना संक्रमण

जिल्ला पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाका अनुसार ३ जना चिकित्सक र एक जना नर्समा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर आवश्यक निर्णय लिने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट होदाले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार जोखिमयुक्त क्षेत्रमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई होम आइसोलेसनमा राख्ने वा स्थानीय तहले तयार गरेको आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

पाल्हिनन्दन गाउँपालिकाका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका प्रमुख र कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि पाल्हिनन्दन गाउँपालिकाको कार्यालय पनि सिल गर्ने तयारी गरिएको छ ।

प्रकाशित : भाद्र ७, २०७७ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?