२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

११ वर्षीया बालिका बलात्कृत

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका–८ मा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय चन्द्रमान विकलाई शुक्रबार पक्राउ गरेको छ । 

प्रहरीका अनुसार घटना बिहीबार राति साढे २ बजेतिर भएको हो । विकले घरको बरन्डामा हजुरआमासँग निदाइरहेकी बालिकालाई बोकेर नजिकै खेतमा पुर्‍याई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काका अनुसार निरन्तर रक्तस्रावले बालिकाको अवस्था गम्भीर बनेपछि उनलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरिएको छ । घटनास्थल गुलरियाबाट करिब १६ किमी पश्चिम–उत्तरमा पर्छ । आरोपितलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?