कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाँकेमा एकै दिन ५१ जना डिस्चार्ज

रुपा गहतराज

नेपालगन्ज — बाँकेका विभिन्न आइसोलेसनमा बस्दै आएका ५१ जना शुक्रबार कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

बाँकेमा एकै दिन ५१ जना डिस्चार्ज

नेपालगन्जका व्यापारी कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहालसहित ५१ जना शुक्रबार बिहान डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य मापदण्डअनुसार १४ दिन आइसोलेसन अवधि पूरा गरेका ५१ जनालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरी पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

योसहित बाँकेमा कोरोना निको हुनेको संख्या ५४७ डिस्चार्ज पुगेको छ । हाल आइसोलेसनमा २ सय ३६ जना छन् । तीमध्ये सामान्य लक्षण देखिएका ३४ जना र लक्षण नदेखिएका २ सय २ जना छन् ।

बाँकेमा दुई महिलासहित चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।


प्रकाशित : भाद्र ५, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?