कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुपन्देहीको तिलोत्तमामा आइसोलेसन सेन्टर निर्माणमा समस्या

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न बनाउन लागिएको आइसोलेसन सेन्टरलाई सार्वजनिक भवन नपाउँदा समस्या भएको छ । 

रुपन्देहीको तिलोत्तमामा आइसोलेसन सेन्टर निर्माणमा समस्या

तिलोत्तमा–२, वनवाटिकास्थित पुष्पलाल पार्कमा भवनमा आइसोलेसन सेन्टर बनाउने तयारीमा नगरपालिका छ । तर वाटिका व्यवस्थापन समितिका संयोजक राम गिरीले नगरपालिकाको प्रस्ताव अस्वीकार गरेपछि आइसोलेसनका लागि भवन अभाव भएको हो । समितिले सरकारी लगानीमा निर्माण भएको भवन दिन आनाकानी गरेको नगरपालिकाको आरोप छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरस्तरीय संकट व्यवस्थापन केन्द्रले आइसोलेसन सेन्टरको क्षमता बढाउने निर्णय गरेको थियो । अहिले वनवाटिकाभित्रको वाइसीएल पार्कमा नगरपालिकाले क्वारेन्टाइन सञ्चालन गरिरहेको छ । त्यहाँ रहेका अन्य हलमा समेत क्वारेन्टाइन विस्तार गरिएको छ ।

पुष्पलाल पार्कको भवन अहिले सञ्चालनमा रहेको आइसोलेसन सेन्टरबाट नजिकै रहेकाले नगरपालिकाले प्रस्ताव गरेको प्रमुख वासुदेव घिमिरेले बताए । कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि अलग-अलग स्थानमा आइसोलेसन सेन्टर राख्दा व्यवस्थापकीय कठिनाइ हुने भएकाले हाल सञ्चालनमा रहेको आइसोलेसन सेन्टर नजिकैको भवन प्रस्ताव गरिएको उनले बताए । आइसोलेसन र क्वारेन्टाइन अलग-अलग स्थानमा राख्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, खाना लगायतका व्यवस्थापन गर्न कठिन हुने भएकोले सबै सेवा एकै ठाउँ केन्द्रित गर्ने नगरपालिकाको तयारी छ ।

वनवाटिका व्यवस्थापन समितिका अध्यक्ष गिरीले भवन निर्माण सम्पन्न नभएको र समिति बैठकले पनि नगरपालिकालाई उपलब्ध नगराउने निर्णय गरेको बताए । ‘काम अपुरै छन्, बत्ती पनि जडान भएको छैन,’उनले भने, ‘८ जनाभन्दा बढीलाई राख्न पनि मिल्दैन ।’ वाटिकामा रहेका अन्य सेटमा बनाएर राख्न सकिने उनले बताए ।


प्रकाशित : भाद्र ४, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?