१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रुपन्देहीमा भदौ ७ गतेसम्म लकडाउन         

माधव ढुंगाना

भैरहवा — जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंंगलबारदेखि भीडभाड हुने खालका सम्पूर्ण क्रियाकलाप सञ्चालन गर्न नपाइने गरी रुपन्देही जिल्लाभर रोक लगाएको छ । मंगलबारदेखि लागू हुने गरी भदौ ७ गते राति १२ बजेसम्मका लागि यस किसिमका गतिविधि सञ्चालनमा रोक लगाइएको हो । 

रुपन्देहीमा भदौ ७ गतेसम्म लकडाउन         

जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको मंगलबारको निर्णयले जिल्लामा बढ्दो कोरोना संंक्रमणको अवस्थालाई मध्यनजर गर्दै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम भीडभाड हुने खालका विभिन्न गतिविधि सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी गरेको सूचनामा जनाइएको छ ।

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पलना गर्ने र गराउनका लागि भीडभाड हुने किसिमका क्रियाकलाप सञ्चालनमा रोक लगाइएको सूचनामा जनाइएको छ ।

प्रकाशित : भाद्र २, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?