कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बाँकेमा शनिबार थप १० जनामा कोरोना संक्रमण

रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका १० जना  बर्दियामा २ जना र दाङका एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । 

बाँकेमा शनिबार थप १० जनामा कोरोना संक्रमण

बाँकेका १० जनामा नेपालगन्जका ९ जना र ठेगाना नखुलाइएका एक जना रहेका छन् । ४ सय ७० जनाको नमुना परीक्षण गर्दा १३ जना संक्रमित देखिएका हुन् । बाँकेमा दैनिक रुपमा कोरोना संक्रमित फेला परिरहेका छन् ।

शुक्रबारमात्र ११ जनामा कोरोना देखिएको थियो भने बिहीबार २२ जना कोरोना संक्रमित थपिएका थिए । यो सँगै बाँकेमा संक्रमितको संख्या ७ सय १० पुगेको छ ।


प्रकाशित : श्रावण ३१, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?