२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कर्णाली नदीको तटबन्ध बग्यो

कमल पन्थी

बर्दिया — कर्णाली नदी व्यवस्थापन आयोजना अन्तर्गत निर्माण भएको तटबन्ध दुई वर्ष नबित्दै नदीले बगाएको छ । दुई सय मिटर लामो तटबन्ध बगेपछि राजापुर—३ तिघ्रा लगायत आसपासका दर्जनौं गाउँ बाढी र कटानको उच्च जोखिममा परेका छन् ।

कर्णाली नदीको तटबन्ध बग्यो

राजापुरमा बाढी र कटान रोक्न आर्थिक वर्ष ०७२/०७३ मा करिब ८ सय मिटर लामो तटबन्ध ६ करोड ८६ लाख ४० हजारमा निर्माण सुरु भएको थियो । ८ सय मिटर लामो तटबन्ध मध्ये २ सय मिटर बढि बगाएको हो ।

सरकारको प्राथमिकतामा परेको कर्णाली आयोजनाको काम गुणस्तरहीन भएकाले दुई वर्षमै बगेको स्थानीयले गुनासो पोखे । तटबन्ध बगाएपछि यस क्षेत्रका खेतीयोग्य जमिन कर्णाली नदीले कटान गरिरहेको राजापुर—३ का किसान प्रेम थारुले बताए । 'तटबन्ध बगाएको ठाउँबाट करिब तीन सय मिटर परसम्म कटान भइरहेको छ, ' उनले भने,‘कटान रोकिएन भने सिंगो तिघ्रा गाउँ नभइ राजापुर बजार उच्च जोखिममा छ ।'

आयोजनका सिनियर डिभिजनल इन्जिनियर महेश कुमार मण्डलले हाल सम्म २१ हजार बोरामा माटो भर्दे २ सय थान नाइनलको जालीले बाँधेर अस्थायीरुपमा नदी कटान रोक्ने प्रयास भइरहेको बताए । ठेकेदार कम्पनीको कामको म्याद अझै पाँच महिना भएकाले तटबन्ध बगेपनि पुन: निर्माण उसैले गर्नु पर्ने हुन्छ,’ उनले भने,‘शनिवारसम्म ५ वटा स्पर कर्णाली नदीले बगाइसकेको छ ।'

आयोजनाले आव ०७१/०७२ मा पाँच वर्षभित्रमन करिब ७३ किमी तटबन्ध गर्ने लक्ष्यका साथ काम सुरु गरेको थियो । हालसम्म करिब १७ किमी तटबन्धको काम सम्पन्न भएको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?