कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

क्रेनले ह्वीलचियरलाई ठक्कर दिँदा एकको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा क्रेनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार जिल्लाको देवदह नगरपालिका–९ घोडाहामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ४२४४ नम्बरको क्रेनले अपांगता भएका व्यक्ति चढेको ह्वीलचियरमा ठक्कर दिँदा स्थानीय ४२ वर्षीय धनप्रसाद चापागाईं घाइते भएका थिए ।

उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतित सिंह राठौरले बताए ।

ठक्कर दिने क्रेनलाई शुक्रबार नै नियन्त्रणमा दिइएपनि चालक फरार रहेका थिए । फरार चालकलाई शनिबार बिहान पक्राउ गरिएको उनले बताए । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?