बाँकेमा निषेधाज्ञा हट्दै

‘कोरोना संक्रमित बढे पछि निर्णय हुन सक्छ’ – प्रमुख जिल्ला अधिकारी
रुपा गहतराज

नेपालगन्ज — बाँकेमा स्थानीय प्रशासनले शुक्रबार राति १२ बजेसम्म जारी गरेको निषेधाज्ञा पूरा भएसँगै निषेधाज्ञा हट्ने भएको हो । 

बाँकेमा निषेधाज्ञा हट्दै

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार अहिलेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा थप नगर्ने निर्णय गरेको हो । उनले भने, ‘अति नै कोरोना संक्रमित बढे भने पछि निर्णय हुन सक्छ ।’ स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने थप कडाइ गरेर लैजाने कुरुम्बाङले बताए । बाँकेमा साउन १७ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

यद्यपि स्थानीय प्रशासनले माक्स नलगाएर हिँड्नेलाई कारबाही गर्ने जनाएको छ । बिहीबारदेखि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका छन् भने शुक्रबारदेखि बजार व्यवसायसमेत खुलेका छन् ।

शुक्रबार मात्र स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगन्जका ७७ वटा पसल तथा व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले दुईवटा टोली बनाएर अनुगमनमा खटाएको छ । सामाजिक दूरी पालना नगर्ने, मास्कको प्रयोग नगरी कारोबार गर्ने व्यवसायीलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए ।

उनका अनुसार शुक्रबार ७७ वटा पसल तथा व्यवसायीलाई एक सय रुपैयाँका दरले जरिवाना गरिएको छ । बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै गएको छ ।

फुटपा, खुल्ला ठाउँमा सञ्चालन भइरहेका ठेलागाडा, साइकलमा गरिने व्यापार, तरकारी, फलफुल, खाद्यान्न, लत्ताकपडा लगायतका खुद्रा व्यापार, व्यवसाय एवं कवाडी संकलनजस्ता कार्य जथाभावी रुपमा सञ्चालन हुन नदिने र त्यो कार्यलाई समबन्धित स्थानीय प्रशासनले निषेध गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?