कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

रुपन्देहीको भैरहवामा शनिबारदेखि लकडाउन

सन्जु पौडेल

तिलोत्तमा — सिद्धार्थनगर क्षेत्रभित्र कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सिद्धार्थनगर नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गतेसम्म सम्पूर्ण नगर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

रुपन्देहीको भैरहवामा शनिबारदेखि लकडाउन

लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई तथा अन्य अत्यावश्यक सेवा संचालन हुने नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए ।

नगरपालिकाका अनुसार स्वास्थ्य सम्बन्धी सबै कार्य, दमकल, विद्युत्, सरसफाई, खानेपानी र अत्यावश्यक सेवा सञ्चालन गर्ने जनप्रतिनिधि, कर्मचारीले प्रयोग गर्ने सवारीसाधन साथमा परिचयपत्र हुनुपर्नेछ । त्यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुधजन्य पदार्थको बिक्रीवितरण आवश्यक दूरी कायम गरी बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

बैंक, वित्तीय संस्था, सहकारी संस्थाले कमभन्दा कम कर्मचारीमार्फत विद्युतीय माध्यमबाट मात्र सेवा सञ्चालन गर्ने र काउण्टर सर्भिस बन्द हुने नगरप्रमुख अधिकारीले बताए ।

लकडाउनको अवधिमा सिद्धार्थ राजमार्ग हुँदै जाने सवारीसाधन नगर क्षेत्रभित्र रोक्न नपाइने र खाद्यजन्य पदार्थको लोड र अनलोड गर्ने ढुवानीका साधनले सुरक्षा अपनाई सुरक्षाकर्मीको रोहवरमा बेलुकी ७ देखि ११ बजेसम्म मात्र गर्ने पाउनेछन् ।

सिद्धार्थनगर क्षेत्र भित्रका नापी, मालपोत, आन्तरिक राजस्व कार्यालय र अन्य सरकारी कार्यालय सम्बन्धित कार्यालय प्रमुखले अत्यावश्यक सेवाका लागि मात्र आवश्यक कर्मचारी मात्र उपस्थित हुने गरी आवश्यक व्यवस्थापन मिलाइने नगरप्रमुख अधिकारीले जानकारी दिए ।

लकडाउन अवधि सुरु हुनु अघि नै सिद्धार्थनगरमा आउनुपर्ने व्यक्तिहरु आइसक्न र सिद्धार्थनगर छोड्ने व्यक्तिले छोडिसक्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?