कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माडी नदीमा बेपत्ता २ बालक अझै भेटिएनन्

गिरुप्रसाद भण्डारी

प्यूठान — गत शनिबार साइकलसँगै माडी नदीमा खसेर बेपत्ता भएका २ बालक अझै फेला परेका छैनन् । स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ११ वर्षीय सञ्जोक पार्धे र १० वर्षीय विपीन गौतम अझै बेपत्ता छन् ।

माडी नदीमा बाढी बढेका कारण शव फेला पार्न नसकेको प्रहरीले जनाएको छ । खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

घर नजिकैको मोटरबाटोमा साइकल चलाउँदै गर्दा खसेका बालकहरुलाई चौतर्फी खोजी गर्दा पनि भेटाउन नसकिएको भन्दै आफन्तहरूले दु:ख व्यक्त गरेका छन् । ५ दिनसम्म खोजी कार्य गर्दा शव नभेटिएपछि मृत्यु भएको निश्चित गरि आफन्तले हिन्दु परम्परा अनुसार शुक्रबार(आज) कुशको शव बनाएर अन्त्येष्टि गरेको वडाध्यक्ष पदम भट्टराइले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?