प्रदेश ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना, ४८ जनाको स्वाब संकलन

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीमा बिहीबार बेलुका संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका मन्त्रालयका ४८ जनाको स्वाब संकलन गरिएको मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले बताए । 

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना, ४८ जनाको स्वाब संकलन

संक्रमित कर्मचारीको अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा बसेको पौडेलले जानकारी दिए । ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालसहित २ जनाको स्वाब पनि परीक्षण गरिएको थियो । उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?