१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बर्दियामा थप तीन दिन निषेधाज्ञा जारी

कमल पन्थी

बर्दिया — स्थानीय प्रशासनले कोरोना संक्रमण जोखिम नियन्त्रण गर्न भन्दै थप तीन दिन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिहीबार मध्यरात देखि साउन ३२ गते सम्म बर्दियामा निषधाज्ञा जारी गरेको हो ।

बर्दियामा थप तीन दिन निषेधाज्ञा जारी

यसअघि साउन २५ गते देखि जिल्लामा निषेधाज्ञा लगाइएकोमा बिहीबार बसेको संकट व्यवस्थापन समितिको बैठकले थप तीन दिन म्याद थप गरेको हो । दमकल,एम्बुलेन्स, विद्युत,खानेपानी लगायत अत्यावश्यक सरकारी कार्यालय सञ्चालनमा हुने प्रजिअ अधिकारीले बताए ।

सबै वित्तिय संस्था,बजार, उद्योग, कारखाना बन्दलाई निरन्तरता दिइएको छ । औषधि,दूध डेरी,तरकारी पसल खुल्ला रहेपनि अन्य पसल बन्द रहनेछन् । सुरक्षा निकाय,एम्बुलेन्स लगायत इजाजत प्राप्त सवारी साधन बाहेक अन्य सञ्चालनमा रोक लगाइएको छ ।

बर्दियामा हालसम्म २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ सय ३२ जना निको भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । निषेधाज्ञा जारी गरेको ५ दिनमा १ हजार ३ सय ८७ जनाको स्वाब संकलन भएको छ । जसमध्ये ६ सय ६० जनाको नतिजा आउन बँकी छ ।

प्रकाशित : श्रावण २९, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?