१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बर्दियामा थप तीन दिन निषेधाज्ञा

कमल पन्थी

बर्दिया — स्थानीय प्रशासनले कोरोना संक्रमण जोखिम नियन्‍त्रणका लागि भन्दै थप ३ दिन निषेधाज्ञा जारी गरेको छ । 

बर्दियामा थप तीन दिन निषेधाज्ञा

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिहीबार मध्यरातदेखि साउन ३२ गतेसम्म जिल्लामा निषधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि साउन २५ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाइएको थियो ।

निषेधाज्ञाको समयमा दमकल, एम्बुलेन्स, विद्युत्, खानेपानी लगायत अत्यावश्यक सरकारी कार्यालय सञ्चालनमा हुने प्रजिअ अधिकारीले बताए । सबै वित्तीय संस्था, बजार, उद्योग, कारखाना बन्दलाई निरन्तरता दिइएको छ । त्यस्तै औषधि, दूध डेरी, तरकारी पसल खुल्ला रहे पनि अन्य पसल बन्द रहनेछन् ।

बर्दियामा हालसम्म पीसीआर विधिबाट ७ हजार ८७ परीक्षण गरिएकामा २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ३२ जना निको भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : श्रावण २९, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?