आन्तरिक राजस्व कार्यालयका कर्मचारीसहित ३० जना डिस्चार्ज- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्तरिक राजस्व कार्यालयका कर्मचारीसहित ३० जना डिस्चार्ज

रुपा गहतराज

नेपालगन्ज — आन्तरिक राजस्व कार्यालयका १२ जना कर्मचारीसहित नेपालगंन्जका ३० जना कोरोना संक्रमित बिहीबार कोरोना आइसोलेसनबाट डिस्जार्च भएका छन् । त्रिभुवन चोक केक एण्ड बेकरीका काम गर्ने व्यक्तिमा कोरोना देखिएपछि पसलमा आएकाहरुको परीक्षण गर्दा एकै दिन १६ जना लाई कोरोना देखिएको थियो ।

यता आन्तरिक राजस्व कार्यालयका कर अधिकृतलाई कोरोना देखिएपछि अरुलाई जाँच गर्दा १२ जनामा कोरोना देखिएको थियो । जसमध्ये उनका परिवारका चार सदस्यसमेत थिए ।

साउन १५ गते त्रिभुवनचोकका आसपासका १८ जना र आन्तरिक राजस्व कार्यालयका १२ सहित ३० जना बिहीबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै बाकेमा डिस्चार्ज हुनेको सख्या चार सय ३५ पुगेको छ ।

बाँकेमा संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । जसमध्ये ४ सय ३५ जना निको भएर घर फर्किएका छन् भने २ सय ३२ जना उपचारमा छन् । बाँकेमा अहिलेसम्म तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

मानुषीको बिक्री प्रबन्धकमा एसबीआई

कान्तिपुर संवाददाता

काठमाडौँ — मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (प्रारम्भिक) सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री प्रबन्धक तथा सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ

 ।

एसबीआई मर्चेन्टकी प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा वज्राचार्यले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एवं सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : श्रावण २९, २०७७ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×