कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पहिरोले सिद्धार्थ राजमार्ग बन्द

माधव अर्याल

पाल्पा — बुधबार रातिदेखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३, दोभान, सिद्धबाबा क्षेत्रमा पहिरो खसेर रातिदेखि अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

पहिरोले सिद्धार्थ राजमार्ग बन्द

राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुलमा समेत पहिरो खसेको छ ।

यस्तै राजमार्गकै चर्चरे, झुम्सा, दोभानमा पनि पहिरो खसेको छ । सडक सुचारु गर्न सडक डिभिजनको समन्यमा डोजर र लोडर परिचालन गरिएको प्रहरीले जनाएको छ । सिद्धबाबा क्षेत्रमा माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेको छ ।

पहिरो खसेर सडक अवरुद्ध हुँदा तराईबाट पहाड र पहाडबाट तराई झर्ने सवारी साधन र यात्रु अलपत्र परेका छन् । सिद्धार्थ राजमार्ग भएर पश्चिम पहाडका १० बढी जिल्लामा सवारी साधन आवतजावत हुन्छ ।


प्रकाशित : श्रावण २९, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?