१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कपिलवस्तु अस्पतालका ३ चिकित्सकसहित १८ जनामा कोरोना संक्रमण

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ३ जना डाक्टरलाई कोरोना भाइरसको संक्रमण भएको छ ।  साउन २६ गते अस्पतालका ९१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तु अस्पतालका ३ चिकित्सकसहित १८ जनामा कोरोना संक्रमण

ओपीडी, ल्याब, नर्सिङ र आकस्मिक कक्षका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । त्यस्तै काउन्टर र प्रशासन फााटका कर्मचारी पनि संक्रमित भएका छन् । ६० जनाको रिपोर्ट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । १३ जनाको रिपोर्ट आउन बााकी छ । उनीहरुको पीसीआर परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको थियो ।

यसअघि साउन २५ गते अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । त्यसपछि २६ गतेबाट अस्पताल सिल गरिएको थियो । इमरजेन्सी सेवाबाहेक सबै सेवा अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएको थियो । जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?