१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पाल्पामा जिप दुर्घटना, २ को मृत्यु, ६ जना घाइते

माधव अर्याल

पाल्पा — पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप मंगलबार साँझ गल्धाको पटकसर नजिकै दुर्घटना भएको हो ।

पाल्पामा जिप दुर्घटना, २ को मृत्यु, ६ जना घाइते

जिप दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै मृत्यु भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवले जानकारी दिए । बालकको नाम खुलेको छैन ।

दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, मित्यालकी २५ वर्षीया सिर्जना गाहा र मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

जिप बाटो भास्सिएर सडकबाट करिब ७ सय मिटर तल खसेको छ। दुर्घटनापछि चालक र सहचालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७७ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?