कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा थप २६ जनामा कोरोना पुष्टि

रूपा गहतराज

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा अधिकांश बाँके र बाहिरी जिल्लामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

बाँकेमा थप २६ जनामा कोरोना पुष्टि

योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५८ पुगेको छ ।

जिल्लामा सोमबार मात्र नेपालगन्ज मेडिकल कलेजका दुई चिकित्सक र तीन प्रहरीसहित १५ जना संक्रमित थपिएका थिए । संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । आवतजावत रोक्न चोकचोकमा काँडेतार राख्नुका साथै सेना परिचालन गरिएको छ ।

प्रकाशित : श्रावण २७, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?