२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

१४ सैनिकसहित प्यूठानमा थप २३ जनामा कोरोना

गिरुप्रसाद भण्डारी

प्यूठान — नेपाली सेनामा कार्यरत १४ जनासहित प्यूठानमा थप २३ जना कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका अनुसार ईन्द्रध्वज गण प्यूठानको आन्तरिक क्वारेन्टाइनमा बसेका १४ जना, स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जना, १ जना मल्लरानी गाउँपालिका र १ जना जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेकामा संक्रमण पुष्टि भएको हो ।

१४ सैनिकसहित प्यूठानमा थप २३ जनामा कोरोना

एक जना संक्रमितको ठेगाना खुल्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्लाका थप २३ जनामा कोरोना देखिएको हो ।

तीमध्ये ३ जना महिला र अरु पुरुष हुन् । उनीहरुको उमेर १२ देखि ४६ वर्षसम्मका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार आएको रिपोर्टसँगै प्यूठानमा सक्रिाय संक्रमित २८ जना भएका छन् । यसअघि कोरोना संक्रमण पुष्टि भएका ३ सय ३७ जना निको भएर घर गइसकेको कार्यालयले जनाएको छ ।


प्रकाशित : श्रावण २६, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?