कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तु अस्पताल सिल

मनोज पौडेल

कपिलवस्तु — पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पताल सोमबारबाट सिल गरिएको छ । अस्पतालले इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरेको हो ।

कपिलवस्तु अस्पताल सिल

आइतबार साँझ अस्पताल कर्मचारी, चिकित्सक र सरोकारवालाको बैठक बसेर सिल गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले बताए । अस्पतालमा कार्यरत अन्य ९० कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । उनीहरूको रिपोर्ट आएपछि अवस्था हेरेर अस्पताल सञ्चालन गर्ने/नगर्ने निर्णय लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

सदरमुकाम तौलिहवा र कृष्णनगरमा ६ दिनयता ४१ स्थानीय संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको छ । सक्रिय संक्रमित १ सय २ जना छन् ।

प्रकाशित : श्रावण २६, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?