१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोरोना संक्रमित गर्भवतीले शल्यक्रियाबाट स्वस्थ्य बच्चा जन्माइन्

मधु शाही

बाँके — नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पोजिटिभ एक महिलाको शल्यक्रियाबाट प्रसूति गरिएको छ । रुकुम चौरजहारीकी ३९ वर्षीया ती महिलाले शनिबार राति साढे ९ बजे २७ सय ५० ग्रामको बच्चा जन्माएकी छन् ।

कोरोना संक्रमित गर्भवतीले शल्यक्रियाबाट स्वस्थ्य बच्चा जन्माइन्

चौरजहारीबाट एक दिनअघि भेरी अस्पतालमा भर्ना भएकी उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएसँगै कोहलपुर स्थित थर्ड लेवलको कोभिड-१९ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

तीन दिन अघि अस्पतालका चिकित्सकसहित ६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितहरु आइसोलेसनमा रहेको र अस्पतालका ७० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गराइएको र उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

‘स्वास्थ्यकर्मीहरु कोही क्वारेन्टाइन र आइसोलेसनमा छन्,’ श्रेष्ठले भने,‘पीसीआर रिपोर्ट समयमै नआउँदा अस्पतालले जनशक्तिको अभाव खेप्नु परेको छ ।’

प्रकाशित : श्रावण २५, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?