नेपालगन्जका सडकमा काँडे तार 

ठाकुरसिंह थारु

नेपालगन्ज — कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिल गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रका मुख्य सडकमा काँडे तार लगाइएको छ । 

नेपालगन्जका सडकमा काँडे तार 

नेपालगन्जको मुटु मानिने धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग, बसपार्क लगायतका क्षेत्रमा काँडे तार लगाइएको हो । निषेधाज्ञाको अवज्ञा हुने भएकाले सिलपछि नेपाली सेना परिचालन गरिएका छन् । अति आवश्यक बाहेक स्थानीय प्रशासनले हिँडडुलमा पूर्णरुपमा रोक लगाएको छ ।

बजार पूर्णरुपमा बन्छ । शिक्षण अस्पताल नेपालगन्ज आसपासका औषधि पसल पनि बन्द गरिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सील गरिएका क्षेत्रमा औषधि पसल बन्द भएपछि बिरामीहरुका लागि आवश्यक पर्ने औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाएको जनाए ।

बाँकेमा पछिल्लो तीन दिनमा ९७ जना कोरोना संक्रमण देखिएको छ । शनिबार २०, शुक्रबार ४९ र बिहिबार २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँकेमा ७ सय ८७ जना कोरोना संक्रमित भइसकेका छन् । प्रदेश सांसद, वडा अध्यक्ष, व्यवसायी र सरकारी अधिकारीहरुमा समेत कोरोना देखिएको हो ।

प्रकाशित : श्रावण २५, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?