कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्यूठानमा साइकलसहित नदीमा खसेर २ बालक बेपत्ता

गिरुप्रसाद भण्डारी

प्यूठान — साइकलबाट खस्दा माडी नदीमा २ जना बालक बेपत्ता भएका छन् । शनिबार बेलुका ७ बजेतिर स्वर्गद्वारी नगरपालिका–४, सोत्रेमा साइकल चलाउँदै गर्दा माडीमा खसेर १० वर्षीय सन्जोक पार्धे र उनका साथी ८ वर्षका विपीन गौतम बेपत्ता भएका वडाध्यक्ष पदम भट्टराईले जानकारी दिए । 

माडी नदी ठूलो रहेको र रात परेका कारण उनीहरु अझै फेला नपरेको भट्टराईले बताए । स्थानीयवासी जनप्रतिनिधि र प्रहरीसहितको टोलीले नदीमा बेपत्ता बालकहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जनाकारी दिए ।

प्रकाशित : श्रावण २४, २०७७ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?