१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गर्भवतीमा कोरोना पुष्टि भएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल

रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना भएकी एक गर्भवतीमा कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ ।

गर्भवतीमा कोरोना पुष्टि भएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल

तीन दिनअघि लिइएको स्वाबको रिपोर्ट शनिबार पोजिटिभ आएपछि प्रसूति वार्ड सिल गर्नुपरेको अस्पतालका कोरोना फोकल पर्सन डा.संकेतकुमार रिसालले बताए ।

रुकुम चौरझारी निवासी ती महिला बुधबार अस्पताल भर्ना भएकी थिइन् । बिहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भइरहेका बेला अचानक उनलाई ज्वरो आएपछि कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब निकालिएको थियो । जसको रिपोर्ट शनिबार मात्र आयो ।

ती महिला अस्पतालमा बसेकाले भाइरस संक्रमण अन्यलाई समेत फैलिएको आशंका गरिएकाले प्रसूति वार्ड सेनिटाइज गर्नका लागि मात्र सिल गरिएको रिसालले बताए । ‘स्वाबको रिपोर्ट ढिला आउँदा समस्या भएको हो,’ उनले भने,‘ सिल भनेर बन्द नै गरेका छैनौं ,स्थिती सामान्य भएपछि सञ्‍चालनमा ल्याइने छ ।’

उनलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । शिक्षण अस्पताल कोहलपुर कोभिड-३ लेभलको अस्पताल हो ।

प्रकाशित : श्रावण २४, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?