कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिकित्सक र नर्सलाई कोरोना देखिएपछि नेपालगन्ज मेडिकल कलेजको प्रसूति गृह सिल

मधु शाही

बाँके — चिकित्सक र नर्सलाई समेत कोरोना पुष्टि भएपछि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रसूति गृह सिल गरिएको छ । शुक्रबार बाँकेका ४९ जना कोरोना संक्रमित पुष्टि भएकामध्ये ६ जना यही मेडिकल कलेजका स्वास्थ्यकर्मी थिए । जसमा एक जना चिकित्सक र ५ जना नर्स थिए । संक्रमित स्वास्थ्यकर्मी प्रसूति गृह(लेबर रुम) मा कार्यरत थिए । 

चिकित्सक र नर्सलाई कोरोना देखिएपछि नेपालगन्ज मेडिकल कलेजको प्रसूति गृह सिल

अस्पतालको सहायक निर्देशक डा. दिनेश श्रेष्ठका लेबर रुम सिल भएकाले अत्यावश्यक बिरामीलाई नेपालगन्जको भेरी अस्पताल र मेडिकल कलेजमा रिफर गर्नुपरेको बताए । उनले पीसीआर रिर्पोट ढिलो आउँदा स्वास्थ्यकर्मीले ढुक्क भइ काम गर्न नसकेको सुनाए । २१ गते अस्पतालका १० जना स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पठाएकोमा ५ जनाको मात्रै शुक्रबार रिपोर्ट आएको थियो । अरु ५ जना आत्तिएर अस्पतालमै बसेका छन् ।

बाँकेमा शुक्रबार ४९ जनामा कोरोना पुष्टि

त्यस्तै, शनिबार ५० देखि ६० जना स्वास्थ्यकर्मीको पीसीआर जाँचका लागि पठाउनु पर्ने छ । रिपोर्ट समयमै नआउँदा काम गर्न असहज भएको डा. श्रेष्ठले सुनाए । उनका अनुसार अस्पतालको मर्चरीमा दुई वटा शव राख्ने क्षमता छ । यद्यपि पीसीआर रिपोर्ट ढिला आएकै कारण तीन शव थपेर राख्न बाध्य भएको बताए । ‘बेलैमा रिपोर्ट आइदिए शव व्यवस्थापन गर्न सजिलो हुन्थ्यो’, उनले भने । अस्पतालमा दैनिक १० देखि १५ जना सुत्केरी आउने गर्छन् । अस्पतालको लेबर रुप सिल भएकाले बिरामीले अनावश्यक दुख झेल्नु परेको उनले सुनाए । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले भने स्वाब संकलनमा ढिलाइ गर्दा र प्रक्रिया पुर्‍याउँदा कम्तीमा तीन दिन लाग्ने बताए । उनले पीसीआर रिपोर्ट समयमै बुझाएको दाबी गरे ।

प्रकाशित : श्रावण २४, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?