कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ का कानुनमन्त्री होम आइसोलेसनमा

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश–५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी होम आइसोलेसनमा बसेका छन् । केहीदिन पहिले काठमाडौंमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी रहेकामा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री केसी बिहीबारदेखि होम आइसोलेसनमा बसेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । मन्त्री केसी बिहीबार प्रदेश मन्त्रीपरिषदको बैठकमा समेत सहभागी भएका थिए ।

केसीको पीसीआर परीक्षण गर्ने र पीसीआर रिपोर्ट पोजिटीभ आए मुख्यमन्त्री, सबै मन्त्री, मन्त्रालयका सचिवलगायत उनीहरुको सम्पर्कमा आएका सबै जना आइसोलेसनमा बस्ने सामाजिक विकासमन्त्री बरालले बताए ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण २३, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?